• जेष्ठ ७ २०८३, बिहीबार

झारफुकको बहानामा युवती बलात्कार गर्ने पप्पु धामी पक्राऊ

मंसिर २८ २०७९, बुधबार

कपिलवस्तु । झारफूक गर्ने भन्दै एकजना धामीले एक युवतीलाई बलात्कार गरेका छन् । यही मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा जिल्लाको वाणगंगा नगरपालिका-१० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जबरजस्ती करणी गरी फरार रहेका थिए । पीडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जबरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छन् । पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।