काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्।
प्रचण्डले प्रधानमन्त्री हुने संकेत पनि गरेका हुन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले दावी गरेका छन्।
बुधबार कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’
दाहालले देशको नेतृत्व गर्ने ठाउँमा अब पुगेमा राम्रा काम गर्ने दाबी गरे। पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न नपाएकोमा गुनासो भएको तर दोस्रो पटक भने केही राम्रा काम गरेको उनको भनाइ थियो।
प्रचण्डले अबको एक महिनाभित्रमा गठबन्धनबाटै नयाँ सरकार बन्ने पनि बताएका थिए।
उनले २०४७ सालदेखि यताका विशिष्ट श्रेणीका व्यक्तित्वको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताएका थिए।