• बैशाख २८ २०८३, सोमबार

हट्यो आजबाट निर्वाचन आचारसंहिता

मंसिर २६ २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले आज (सोमबार)बाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता आजबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नहुने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।
निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागु गरिएको उनले जानकारी दिए ।