• बैशाख २८ २०८३, सोमबार

समानुपातिक कोटामा लोहनीलाई लाने कि तामाङलाई लाने भन्ने विवादमा राप्रपा कार्यालयमा होहल्ला

मंसिर २४ २०७९, शनिबार

काठमाडौं । समानुपातिक सांसदको सूचीको विषयमा राप्रपामा विवाद देखिएको छ । प्रतिनिधिसभातर्फ २ जना पुरुष कोटामध्ये प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङलाई लैजाने भन्नेमा विवाद देखिएको हो । दुबैले आफ्नो अडान नछाड्दा अहिलेसम्म निणर्य हुन सकेको छैन ।

एक नेताका अनुसार पार्टी कार्यालयमा दुबैमा समर्थकका साथै अरू आकांक्षीहरू भेला भएर होहल्ला गरेका छन् । पार्टी कार्यालयमा सयौंको सङ्ख्यामा भेला भएको ती नेताको भनाइ छ ।

अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका नेताहरूलाई एकएक गरेर बोलाउँदै राय लिइरहेका छन् । पुरुषतर्फ अर्को सिटमा भने पशुपति शमशेर राणाको नाम टुङ्गो लागिसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।