• जेष्ठ ६ २०८३, बुधबार

राजनीतिक भ्रष्टाचार नेपालको मूख्य समस्या बन्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

मंसिर २३ २०७९, शुक्रबार

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको दावी गरेकी छिन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्-‘राजनीतिक भ्रष्टाचार नियन्त्रण नेपालको सन्दर्भमा सबैभन्दा पेचिलो बनेको छ ।’

सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानाङ्ग भन्छिन्- ‘मन्त्रिपरिषदले गरेको निणर्य अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निणर्य मन्त्रिपरिषदबाट हुने गरेका छन् ।’

निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचार विरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उनले बताइन् । उनले भनिन्-‘ओम्नी, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निणर्य गर्नुपर्छ ।’ पद्मिनी प्रधानाङ्गले सुराकी संरक्षण र कसुरजन्य सम्पति सम्बन्धी कानुन चाँडो बन्नुपर्ने बताइन् ।