• जेष्ठ ६ २०८३, बुधबार

चुनावी समीक्षा र समानुपातिक सांसद चयन गर्न राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

मंसिर २३ २०७९, शुक्रबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक बस्न लागेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक शनिबार बस्ने भएको छ ।

बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ ।