• जेष्ठ ६ २०८३, बुधबार

आजदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने

मंसिर २३ २०७९, शुक्रबार

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी पुनः वितरण गर्न लागिएको छ ।

गत असार  १७  गतेबाट  वितरण बन्द गरिएको मेलम्चीको पानीआजदेखि पुनः वितरण गरिने भएको हो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान  महाँकालस्थित  काठमाडौँ  उपत्यका  खानेपानी  लिमिटेडको  वितरण  केन्द्रको  साँचो  खोलेर  पानी  छोड्ने जनाइएको छ ।

मेलम्ची  खानेपानी  आयोजनाका  कार्यकारी  निर्देशक  कमलराज  श्रेष्ठका  अनुसार  सुन्दरीजल  प्रशोधन  केन्द्रबाट  बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उनले यसपटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए ।