• बैशाख २८ २०८३, सोमबार

एमाले सचिवालय बैठक बस्दै,समानुपातिकतर्फका सांसद छनोटबारे छलफल

मंसिर २३ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको  समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।