• बैशाख २८ २०८३, सोमबार

कार्यकर्ताहरुको खबरदारीप्रति रवि लामिछानेले खोले मुख

मंसिर २२ २०७९, बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्ट नेता तथा कार्यकर्ताको खबरदारीलाई लिएर मुख खोलेका छन् ।

समानुपातिक सांसद छनोटको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा भएको खबरदारीलाई लिएर लामिछानेले बास्तविक कुरा खोलेका हुन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दाँयाबाँया नहुने बताए।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी दिएका थिए ।