• जेष्ठ ६ २०८३, बुधबार

शिक्षकलाई लाग्यो यौन दुर्व्यवहारको आरोप, झडप हुँदा प्रहरीमाथी ढुंगामुढा

मंसिर २१ २०७९, बुधबार

काठमाडौं । रौतहटमा एक शिक्षकलाई छात्रामाथि  दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका–४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेको हो । सो विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए ।

तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ । सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ ।

जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए । प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ ।