• जेष्ठ ६ २०८३, बुधबार

प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवापछि नेपाल बारले बोलायो आकस्मिक बैठक

मंसिर २१ २०७९, बुधबार

काठमाडौं । नेपाल बार एशोसियसनले आकस्मिक बैठक बोलाएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको बैठक बोलाइएको जानकारी दिए।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको आगमनका विषयमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्न बैठक बोलाइएको उनले बताए।

फुलकोर्टको बैठकको निर्णय हेरेर बारले निर्णय लिने तयारी गरेको छ। अहिले फुलकोर्टको बैठक बसिरहेको छ।