• बैशाख २८ २०८३, सोमबार

हामी कुन गठबन्धनमा सहभागी हुन्छौं निश्चित भइसकेको छैन : उपेन्द्र यादव

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कुन गठबन्धनमा रहने भनेर कुनै छलफल नभएको बताएका छन् ।

अध्यक्ष यादवले सत्ता गठबन्धनमा रहने या विपक्षमा रहने भन्नेमा निणर्य हुन बाँकी रहेको बताए । एक प्रतिष्ठित सञ्चारमाध्यमसित कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘चुनावी तालमेलको एउटा चरण सकिएको हो । बाँकी विषयमा छलफल भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीसँग मेरो हेलो-हाई मात्र भएको हो, थप कुराकानी भएको छैन ।’

मंसिर ४ को निर्वाचनमा यादव नेतृत्वको जसपाले मधेस प्रदेशमा एमालेसँग गठबन्धन गरेको थियो भने अन्य केही क्षेत्रमा तालमेल गरेको थियो । जसपाले प्रत्यक्षतर्फ ७ क्षेत्रमा जितेको छ । समानुपातिकतर्फ थ्रेस होल्ड कटाएको छ तर यादव भने सप्तरी क्षेत्र नम्बर २ बाट पराजित भएका छन् ।