काठमाडौं । विवाहको भोज खाएका प्यूठान नगरपालिका-६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन्। विरामी परेकाहरुमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएको बगनासकाली गाउँपालिका–१ वडाध्यक्ष नरेन्द्र पुन मगरले बताए ।
मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडाध्यक्ष पुन मगरले जानकारी दिए।