• बैशाख २८ २०८३, सोमबार

समानुपातिकको मतगणना अन्तिम चरणमा, कन दलले कति पाए मत ?

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ।

जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ। अब समानुपातिकतर्फ पनि स्याङ्जा–२, बाजुरा र दोलखामा मात्र गणना सम्पन्न हुन बाँकी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ मतगणना भएको छ। जसमा २८ लाख १४ हजार ६५५ मत प्राप्त गर्दै एमाले पहिलो नम्बरमा छ।

यस्तै दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ भने ११ लाख ६४ हजार १०२ मत ल्याउँदै माओवादी तेस्रो स्थानमा रहेको छ।

यस्तै चौथो रहेको राष्ट्रिय स्वतन्त्र दलले ११ लाख २४ हजार ७७८ मत पाएको छ भने ५ लाख ८६ हजार ८१६ मत ल्याउँदै राप्रपा पाँचौं स्थानमा छ। यस्तै जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोट ल्याउँदै सातौं स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत ल्याएको छ।