• बैशाख २८ २०८३, सोमबार

बुटवलबाट रातारात लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय दाङ सारियो

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रुपन्देहीबाट दाङ सारिएको छ। प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट कार्यालयका कुर्सी–टेबलसहित कागजातहरु रातारात दाङको देउखुरी सारिएको हो।

सोमबार राति १०:३० बजे बुटवलस्थित मुख्यमन्त्री र सचिवालयबाट सामान दाङमा सारिएको हो ।

प्रदेश सरकारले पूर्वाधार नबनाइ राजधानी सार्न खोजेको भन्दै रुपन्देहीका प्रदेश सभा सदस्य, कर्मचारी तथा स्थानीय दलहरुले विरोध गर्दै आएका थिए। तर, मुख्यमन्त्री कुल प्रसाद केसीले आफ्नो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठक दाङमै बसाल्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सार्न लगाएका हुन्।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान दाङ पुर्‍याइएको हो।