• जेष्ठ ६ २०८३, बुधबार

टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक शर्माको ज्यान गयो

मंसिर १९ २०७९, सोमबार

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।