काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् ।
आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।