• जेष्ठ ६ २०८३, बुधबार

ग्वार्कोमा बन्ने भयो नेपालको पहिलो फ्लाई ओभर, शुक्रबारबाट काम शुरु हुने

मंसिर १९ २०७९, सोमबार

काठमाडौं । नेपालको पहिलो फ्लाई ओभरको निर्माण कार्य आगामी शुक्रबारबाट शुरु हुने भएको छ ।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर १४ महिना भित्र सम्पन्न गर्ने गरी शुक्रबारबाट निर्माण थालनी गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।

कुल १७ करोड ६८ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जेभी कम्पनीले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेको थियो । गत साता मात्रै नक्सा डिजाइन शुरु भएसँगै शुक्रबारबाट काम शुरु गर्न लागिएको हो ।

इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्ने गरी विभागले गत साउनमा उक्त आयोजनाको टेन्डर आह्वान गरेको थियो । जसमा आरसी, समानान्तर र रेलिग्रे जेभी टेन्डर छनोटमा परेका छन् ।