• बैशाख २८ २०८३, सोमबार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा माओवादी नेता महरा आकांक्षी

मंसिर १९ २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले सत्ता गठबन्धनको मुख्य घटक माओवादीले भागवण्डामा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पर्ने दावी गर्दै आफू त्यसको आकांक्षी रहेको बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गरेर अहिले भूगोलमा फर्केका महरा रोल्पा क्षेत्र नं- १ बाट विजयी प्रदेश सभा सदस्य हुन् । महराले पार्टीले आफूलाई नै मुख्यमन्त्री मन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको पनि बताए । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दावी रहन्छ, यसबारे पार्टीमा समेत छलफल भैसकेको छ’उनले भने ।

पार्टी अध्यक्ष प्रचण्ड लगायत अन्य उच्चतहका नेताहरुसँग यसबारे छलफल भएको जानकारी दिँदै महराले संघदेखि प्रदेश सरकारसम्म भागबण्डा हुने र त्यसो हुँदा लुम्बिनीको मुख्यमन्त्री माओवादीले पाउने दावी गरे ।

पार्टीले मुख्यमन्त्रीमा आफूलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशबासीको भावना अनुसार नेतृत्व गर्नसक्ने पनि महराले बताए । लुम्बिनी प्रदेशसभामा विजयी माओवादी प्रदेशसभा सदस्यहरुमा स्थायी समिति सदस्य महरा नै सिनियर हुन् ।