काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते भएको निर्वाचनमा १६५ क्षेत्रकै मतपरिणाम आएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा पनि सोमबार मतगणना सम्पन्न भएको छ।
सबै क्षेत्रको मतपरिणाम आउँदा प्रतिनिधि सभामा ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ। यस्तै ४४ सिट जित्दै नेकपा एमाले दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ।
एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान७/७ ठाउँमा जितेका छन्।
लोकतान्त्रिक समाजवादीले ४ सिट जित्तदा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एक/एक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।