काठमाडौं । बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था स्थगित गरिएको छ ।
प्रदेश अन्तर्गतको श्रम, यातायात तथा रोजगार मन्त्रालयले आइतबारबाट लागू गर्ने भनिएको नयाँ अंकभार प्रणाली आवश्यक तयारी पूरा नहुँदा शुक्रबार नै स्थगित गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको ठाडो निर्देशनमा सवारी चालक अनुमतिपत्रका लागि ७० अङ्क ल्याए पास हुने व्यवस्था हटेको हो ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार जनशक्ति अभावले आवश्यक तयारी पूरा नभएकाले तत्काल सो नियम कार्यान्वयनमा आउन नसकेको जानकारी दिए ।