• बैशाख २८ २०८३, सोमबार

समानुपातिकमा एमालेले २७ लाख ८८ हजार ल्याउँदा अरु दलको मत कति ?

मंसिर १८ २०७९, आईतवार

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।

समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार २० हजार मतगणना भएकाे छ।

पहिलो स्थानमा रहेको एमालेको २७ लाख ८८ हजार ३५६ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ६० हजार २४६ मत छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत पाएको छ।

नेकपा एकीकृत समाजवादी पार्टी भने तीन प्रतिशत थ्रेस होल्ड कटाउन असफल भएको छ। समानुपातिकतर्फको मतगणना करिब सकिनै लाग्दा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेकाे छ। निर्वाचन आयोगका अनुसार बदर मत करिब पाँच प्रतिशत छ।