काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले सामाजिक सञ्जालमा बधाई दिँदै तीब्र आलोचना गरेकी छिन् ।
अर्यालले युवा जनशक्ति प्रयोग गरेर केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएकोमा बधाई दिएकी हुन् । उनले लेखेकी छन्,-‘आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवं सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस् । न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न ।’
लोकतन्त्रमा जनताको मतलाई सम्मान गर्ने भन्दै बुथ कब्जा गरि मृत्यु भएको र विदेशीयका मानिसको मत खसेको यथेष्ट प्रमाण हुँदा हुँदै आफ्नो मागलाई व्यवस्था गरिएको उनको भनाइ छ । पुन मतदानको माग गर्दा गर्दै राज्यबाट सुनुवाइ नभएकोमा उनले गुनासो पोखेकी हुन् ।