• जेष्ठ ६ २०८३, बुधबार

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय

मंसिर १८ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको थियो। उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।