काठमाडौं । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई १ हजार ८०९ मतको अन्तरले हराउँदै एमालेका केसी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
केसीले १९ हजार ४१४ मत ल्याएका छन्। कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए।