काठमाडौं । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन् ।
माया लुहारको हत्यामा संलग्न भएको आरोपमा कोली कञ्चनपुरबाट पक्राउ परेका हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको मंसिर १४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
शिवनाथ गाउँपालिका–४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले कोली पक्राउ परेको पुष्टि गरे।