• श्रावण १० २०८३, आईतवार

तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको कारोबार

मंसिर १८ २०७९, आईतवार

काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ पुगेको छ।