• श्रावण १० २०८३, आईतवार

रवि लामिछानेको नागरिकताको विषयमा उजुरी परेपछि प्रहरीले थाल्यो छानबिन

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए।

उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो।