काठमाडौं । बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु गर्ने तयारी गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकमा आज अपरान्ह् साढे ३ बजेबाट मतगणना शुरु गर्ने सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना सुरु गर्न बुधबार निर्देशन दिएको भएपनि बुधवारको सर्वदलीय बैठकमा नेकपा एमालेको उपस्थिति नजनाएकाले नजनाएपछि मतगणना निश्चित भएको थिएन । आयोगले निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो ।
तेस्रो पटक नेकपा एमाले सहितका दलहरु सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो । बिहिवार बिहान ७ बजे बैठक बसेपनि सहमतिका लागि दिउँसो ११ बजे बैठक बस्ने तय भएको थियो । त्यसपछि दलहरुबीच मतगणना शुरु गर्ने सहमती भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।