काठमाडौं । बुथ कब्जा तथा विवाद हुँदा मतदान स्थगित दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन्।
आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो।
कहाँ कहाँ हुँदैछ मतदान ?
(वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका(२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मतदान हुन लागेको हो।
त्यसैगरी आजै वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मासमेत मतदान हुँदैछ।