• बैशाख २७ २०८३, आईतवार

माओवादी नेता हिमाल शर्माको अपिलः एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन मतदान गरौँ

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुपर्ने बताएका छन् ।

नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् । उनले लेखेका छन्, ‘गठबन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा ३ लाख मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।