• बैशाख २७ २०८३, आईतवार

समानुपातिकतर्फ १ करोड मत गणना सम्पन्न हुदाँ कसले कति मत पाए ?

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान साढे ८ बजेसम्म आयोगको वेबसाइटमा प्रविष्ट भएको तथ्याकंअनुसार एक करोड बढी मत गणना सम्पन्न भइसकेको छ।

हालसम्म १ करोड ८ हजार ३ सय २ मतगणना भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ। तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४३ हजार ८९४ मत पाएको छ।

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत ल्याएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५९ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ र जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार २ सय ६२ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ मत प्राप्त गरेको छ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।