काठमाडौं। सुनसरी क्षेत्र नम्बर ३ (२) बाट नेकपा एमालेका रामदेव यादव प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी विन्देश्वरले १८ हजार ८९१ मत प्राप्त गरे ।