• बैशाख २७ २०८३, आईतवार

चुनावी परिणामले हिन्दू राष्ट्रको मुद्दा कमजोर भयो : कमल थापा

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं । राप्रपा नेपालले चुनावको परिणाम अपेक्षाकृत नभएको बताएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ ।

यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ । उसले भनेका छ,‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वद्र्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ । राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए । थापा राप्रपाका दीपकबहादुर सिंहसित मकवानपुरमा पराजित भए ।