काठमाडौं । युरोपियन युनियनले नेपालको हवाइ क्षेत्रलाई एयर सेफ्टी लिस्टमै निरन्तरता दिएको छ।
१० र ११ नोभेम्बरमा ईयु सेफ्टी कमिटीको बैठक बसेको थियो। त्योसँगै नोभेम्बर २३ मा ईयू हवाइ सुरक्षाको नयाँ सूची सार्वजनिक गर्दै नेपाललाई पनि निरन्तरता दिएको हो।
सन् २०१३ देखि नेपालले युरोपियन युनियनको आकाशमा उडान प्रतिबन्ध झेलिरहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र युरोपियन युनियनले एकसाथ नेपाललाई ‘हवाइ सुरक्षा सूची’मा राखेका थिए।
आईकाओले २०१७ मै नेपालको हवाइ क्षेत्रको सुरक्षामा सुधार भएको भन्दै सूचीबाट हटायो। तर ईयुले अझै हटाएको छैन।
