काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै बनाएका छन् ।
पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुवीर महासेठ ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ ।