• बैशाख २७ २०८३, आईतवार

सुवासचन्द्र नेम्वाङ विजयी

मंसिर ११ २०७९, आईतवार

काठमाडौं । इलाम क्षेत्र नं २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरे ।