• जेष्ठ ६ २०८३, बुधबार

मोडल साया भण्डारी सडक दुर्घटनामा परिन्, के छ उनको अवस्था ?

मंसिर १० २०७९, शनिबार

काठमाडौँ  ।  मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव हमालले जानकारी दिए ।

मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् ।

उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’,  ‘शासन’,  ‘  पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।