काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।
१२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।
पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ ।