जनकपुरधाम । तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके्र) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका रातउ यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन् ।
शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित भएका थिए । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ ।