• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री देउवाका भतिजा प्रकाशबहादुर विजयी

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवा कैलाली निर्वाचन क्षेत्र नं ५ को (ख) बाट विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरेका छन्।

प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ।