काठमाडौं । नेपाली कांग्रेसका दिनेशकुमार यादव सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी २६ हजार १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे । यसअघि उनी लगातार दुई पटक सोही क्षेत्रबाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।