काठमाडौं। नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजित हासिल गरेका छन् । उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट चौँथो पटक विजयी भएका हुन् ।
निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।