काठमाडौं । ललितपुर महानगरपालिका–२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन्।
प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा७८प १२९० नम्बरको स्कुटरसहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो।