लमजुङ। लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै विजयी भएका छन् ।
पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराएका हुन् ।
पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ।