• बैशाख २७ २०८३, आईतवार

पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित भए। उनले जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरे । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मतदान गरेका थिए ।

यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तवले बाजी मारेका थिए ।

चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए । श्रीवास्तवले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।