• जेष्ठ ६ २०८३, बुधबार

केशर पुस्तकालयमा ज्यामी काम गर्ने परियार आफ्नै कोठामा मृत भेटिए, अनुसन्धान जारी

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । यो घटना काठमाडौंको हो ।

काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षीय गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौं, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।