काठमाडौं। सप्तरीका दुवै क्षेत्रबाट जनमत पार्टिले विजयी हासिल गरेका छन् । यस पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय प्राप्त गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएको बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामले जनाएको छ ।
राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी उपेन्द्र यादवले १६ हजार ९७९ मत मात्र प्राप्त गरे । त्यसैगरी लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरी तेस्रो स्थान बनाएको छ ।
यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भए भने जसपाका शैलेन्द्रप्रसाद साह ८ हजार २९२ मत ल्याएर पराजित भए ।
क्षेत्र नम्बर २ मा जनमतकै महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर विजयी भए भने पराजित माओवादीका उमेश कुमार यादवले ७ हजार २३ मत पाए ।