• बैशाख २७ २०८३, आईतवार

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।