गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ (क)मा गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र)को हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर-२ को प्रदेश सभा (क)मा विजयी भएका हुन् ।
उनले १० हजार २ सय ४७ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का राजु रानालाई पराजित गरेका हुन् । रानाले ४ हजार २ सय ४ मत प्राप्त गरे ।